Nepal's Trusted Health Online Portal

मंगलबार एकैदिन १४५९ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

३० भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय ५९ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । जसमध्ये ४० हजार ६ सय ३८ जना निको भइसकेका छन् । अब नेपालमा १५ हजार ७ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको दर ७१.५ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार १ सय ३९ जना संस्थागत आइसोलेसनमा र ७ हजार ६ सय ४० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार २ सय ५० जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर मंगलबार १७४ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् भने २८ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.