Nepal's Trusted Health Online Portal

उपत्यकामा मंगलबार ६७६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १३ हजार नाघे

Get real time updates directly on you device, subscribe now.

३० भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार २५ पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार उपत्यकामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी १ महिला तथा काठमाडौँकै ३ पुरुषको मृत्यु भएको हो ।

मंगलबार देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने हजार १ हजार ६२ जना संक्रमित निको भएका छन् । त्यस्तै गत २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.