२ असोज, काठमाडौँ । कोभिड–१९ को कारण शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँकी ८५ वर्षीय एक महिला र ललितपुरकी ६६ वर्षीय एक महिलाको मृत्यु भएको छ ।
त्यस्तै मोरङका ६६/६६ वर्षीय दुई पुरुष, काठमाडौँका ८८ वर्षीय एक पुरुष, भक्तपुरका ८२ वर्षीय एक पुरुष र नवलपरासीका ३१ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३९० पुगेको छ । संक्रमितमध्ये ०.६३
प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।