२ असोज । काठमाडौँ उपत्यकामा शुक्रबार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै सबै भन्दा बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ३९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
शुक्रबार उपत्यकामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै शुक्रबार देशभरी २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै उच्च हो । गत २४ घण्टामा ८ सय ७१ जना संक्रमित निको भएका छन् भने ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।