२ असोज, काठमाडौँ । शुक्रबार देशभर २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ नमुना परीक्षण गरिएकोमा ६ सय ३९ जना महिला र १ हजार ३
सय ८१ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । जसमध्ये ४३ हजार ८ सय २० जना निको भइसकेका छन् । अब नेपालमा १७ हजार ३ सय ८३ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ सय ७१ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७१.१ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ९ हजार २ सय ९५ जना संस्थागत आइसोलेसनमा र ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर शुक्रबार १७३ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ६ जिल्ला संक्रमण मुक्त छन् ।