Nepal's Trusted Health Online Portal

शनिबार थप १२०४ जनामा कोरोना संक्रमण, १४४७ निको भए

Get real time updates directly on you device, subscribe now.

३ असोज, काठमाडौँ । शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ नमुना परीक्षण गरिएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । जसमध्ये ४५ हजार २ सय ६७ जना निको भइसकेका छन् । अब नेपालमा १७ हजार १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४७ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.०८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ९ हजार १ सय ५३ जना संस्थागत आइसोलेसनमा र ७ हजार ९ सय ७६ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ७ सय ३५ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर शनिबार १७९ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् भने ३५ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला संक्रमण मुक्त छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.