३ असोज । काठमाडौँ उपत्यकामा शनिबार ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ५० पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।
शनिबार उपत्यकामा ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै शनिबार देशभरी १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गत २४ घण्टामा १ हजार ४ सय ४७ जना संक्रमित निको भएका छन् भने ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।