३ असोज, काठमाडौँ । कोभिड–१९ को कारण शनिबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण मोरङकी ६५ वर्षीय एक महिला, रौतहटकी ५१ वर्षीय एक महिला, सर्लाहीकी ५६ वर्षीय एक महिला, ललितपुरका ७६ र ६८ वर्षीय दुई महिला, काठमाडौँकी ७७ वर्षीय एक महिला र मकवानपुरकी ३७ वर्षीय एक महिलाको मृत्यु भएको छ ।
त्यस्तै ललितपुरका ६० वर्षीय एक पुरुष, काठमाडौँका ७५ वर्षीय एक पुरुष, रुपन्देहीका ६९ वर्षीय एक पुरुष र बाँकेका ४५ वर्षीय एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । संक्रमितमध्ये ०.६४
प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।