Nepal's Trusted Health Online Portal

आइतबार १३२५ जनामा कोरोना भाइरस संक्रमण

Get real time updates directly on you device, subscribe now.

४ असोज, काठमाडौँ । आइतबार देशभर १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ नमुना परीक्षण गर्दा ४ सय ६९ जना महिला र ८ सय ५६ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएकोे हो ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । जसमध्ये ४६ हजार २ सय ३३ जना निको भइसकेका छन् । अब नेपालमा १७ हजार ४ सय ७८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ सय ६६ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.१० प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ९ हजार ७१ जना संस्थागत आइसोलेसनमा र ८ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर आइतबार १९० जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला संक्रमण मुक्त छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.