४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १६ हजार ७ सय १७ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०२, ललितपुरमा ६४ र भक्तपुरमा १०१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
गत २४ घण्टा भित्र उपत्यकामा ६ जनाको मृत्यु भएको छ भने देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आइतबार देशभरी १ हजार ३ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ९ सय ६६ जना संक्रमित निको भएका छन् ।