Nepal's Trusted Health Online Portal

थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४११ पुग्यो

Get real time updates directly on you device, subscribe now.

४ असोज, काठमाडौँ । नेपालमा आइतबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ४०, ६० र ६३ वर्षीय ३ महिला, ललितपुरमा ७५ वर्षीय एक महिला र भक्तपुरमा ७२ वर्षीय एक महिला र पाल्पामा ४० वर्षीय एक गरी ६ जना महिलाको मृत्यु भएको छ ।

त्यस्तै धनुषामा ७६ वर्षीय एक पुरुष, काठमाडौँमा ८२ वर्षीय एक पुरुष, चितवनमा ८० वर्षीय एक पुरुष र रुपन्देहीमा ६७ वर्षीय एक पुरुष गरी ४ जना पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४११ पुगेको छ । संक्रमितमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.