Nepal's Trusted Health Online Portal

सोमबार ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६५ हजार नाघ्यो

Get real time updates directly on you device, subscribe now.

५ असोज, काठमाडौँ । सोमबार देशभर थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ३३ नमुना परीक्षण गरिएको छ ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । जसमध्ये ४७ हजार २ सय ३८ जना निको भइसकेका छन् । अब नेपालमा १७ हजार ६ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ हजार ५ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।

हाल ८ हजार ९ सय २१ जना संस्थागत आइसोलेसनमा र ८ हजार ६ सय ९० जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ४ सय ३ जना क्वारेन्टिनमा रहेका छन् ।

नेपालभर सोमबार १९६ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३१ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला संक्रमण मुक्त छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.