Nepal's Trusted Health Online Portal

उपत्यकामा सोमबार ६७४ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ९१ पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५३८, ललितपुरमा ६२ र भक्तपुरमा ७४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।

गत २४ घण्टा भित्र उपत्यकामा ६ जनाको मृत्यु भएको छ भने देशभर १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार देशभरी १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ५ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.