५ असोज, काठमाडौँ । नेपालमा सोमबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मकवानपुरमा १७ वर्षीय एक महिला, ललितपुरमा ५८ वर्षीय एक महिला र दोलखामा ५२ वर्षीय एक महिला गरी ३ जना महिलाको मृत्यु भएको छ ।
त्यस्तै झापामा ७२ वर्षीय एक पुरुष, सुनसरीमा ४९ वर्षीय एक पुरुष, पर्सामा ८८ वर्षीय एक पुरुष, भक्तपुरमा ६२ र ८४ वर्षीय दुई पुरुष तथा काठमाडौँमा ५८ र ७३ वर्षीय दुई पुरुषको मृत्यु भएको छ ।
कोरोना संक्रमणकै कारण मकवानपुरमा ६८ वर्षीय एक पुरुष, ललितपुरमा ६१ वर्षीय एक पुरुष, चितवनमा ५५ वर्षीय एक पुरुष, रुपन्देहीमा ६७ वर्षीय एक पुरुष तथा बाँकेमा ५० र ५९ वर्षीय दुई पुरुष गरी १३ जना पुरुषको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२७ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।