६ असोज, काठमाडौँ । मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार १ सय ५४ नमुना परीक्षण गर्दा ४ सय ५९ महिला र ८ सय ९७ पुरुषमा कोभिड पोजिटिभ देखिएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ६६ हजार ६ सय ३२ पुगेको छ । जसमध्ये ४८ हजार ६१ जना निको भइसकेका छन् । अब नेपालमा १८ हजार १ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ सय २३ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७२.१३ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ९ हजार १ सय ९३ जना संस्थागत आइसोलेसनमा र ८ हजार ९ सय ४९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार १ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर मंगलबार २२३ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३७ जना भेन्टिलेटरमा रहेका छन् ।
गत २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकमा ५० वर्षीय महिला र काठमाडौँमा ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला संक्रमण मुक्त छन् ।