६ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ३८ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५११, ललितपुरमा ७३ र भक्तपुरमा ६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
गत २४ घण्टा भित्र उपत्यकामा १ जनाको मृत्यु भएको छ भने देशभर २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार देशभरी १ हजार ३ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ सय २३ जना संक्रमित निको भएका छन् ।