६ असोज, काठमाडौँ । नेपालमा मंगलबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक/एक जना महिला र पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काभ्रेपलाञ्चोकमा ५० वर्षीय एक महिला र काठमाडौँमा ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
केहिदिन यता दिनहुँ हुने कोरोना संक्रमितको मृत्युदरमा सोमबार कमी आएको हो । नेपालमा सोमबार मात्र १६ जनाको संख्यामा कोरोना संक्रमितको मृत्यु भएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । संक्रमितमध्ये ०.६४ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।