११ असोज, काठमाडौँ । नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जना महिला र ९ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा ५० वर्षीय महिला, ६१ र ६२ वर्षीय पुरुष तथा ललितपुरमा ४२ र ७७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै बारामा २० वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष, बर्दियामा ५० र ६३ वर्षीय पुरुष तथा अछाममा ३४ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७७ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ सय ८५ जना संक्रमित निको भएका छन् ।