११ असोज, काठमाडौं । आइतबार देशभर ३३ जना भेन्टिलेटर र २२५ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १४ जना, प्रदेश नं २ मा २१ जना, बागमती प्रदेशमा १२२ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४४ जना र कर्णाली प्रदेशमा १८ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ३ जना, बागमती प्रदेशमा २६ जना र प्रदेश नं ५ मा ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा आइतबार १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ सय ८५ जना संक्रमण मुक्त भएका छन् भने १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।