११ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २१ हजार ६ सय ८ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ५ जना पुरुषको मृत्यु भएको छ भने देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ८ सय ८५ जना संक्रमित निको भएका छन् ।