११ असोज, काठमाडौँ । नेपालमा आइतबार १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७३ हजार ३ सय ९४ पुगेको छ । जसमध्ये ५३ हजार ८ सय ९८ जना निको भइसकेका छन् । अब नेपालमा १९ हजार १९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ८ सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.४ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ८ हजार ३ सय २१ जना संस्थागत आइसोलेसनमा र १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर आइतबार २२५ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३३ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी जिल्ला संक्रमण मुक्त छन् ।