१० असोज, काठमाडौं । शनिबार देशभर २७ जना भेन्टिलेटर र २२४ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १५ जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा १२१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४४ जना र कर्णाली प्रदेशमा १८ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा १ जना, बागमती प्रदेशमा २३ जना र प्रदेश नं ५ मा ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा शनिबार १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार १ सय ४७ जना संक्रमण मुक्त भएका छन् भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।