१० असोज, काठमाडौँ । नेपालमा शनिबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सप्तरीमा ६३ वर्षीय पुरुष, काठमाडौँमा २० र ७४ वर्षीय दुई पुरुष, भक्तपुरमा ८८ वर्षीय पुरुष, मकवानपुरमा ७४ वर्षीय पुरुष, ललितपुरमा ७६ वर्षीय पुरुष, रुपन्देहीमा ७२ वर्षीय पुरुष र कैलालीमा ३० वर्षीय पुरुषको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार १ सय ४७ जना संक्रमित निको भएका छन् ।