१० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७ सय ९९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ४ जना पुरुषको मृत्यु भएको छ भने देशभर ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार १ सय ४७ जना संक्रमित निको भएका छन् ।