१० असोज, काठमाडौँ । नेपालमा शनिबार १ हजार २ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १९ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । जसमध्ये ५३ हजार १३ जना निको भइसकेका छन् । अब नेपालमा १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार १ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ७ हजार ८ सय ३३ जना संस्थागत आइसोलेसनमा र १० हजार ५ सय ८ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर शनिबार २२४ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने २७ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी जिल्ला संक्रमण मुक्त छन् ।