Nepal's Trusted Health Online Portal

एसिड आक्रमण विरुद्द सरकारले ल्यायो अध्यादेश, विक्रीमा पनि कडाई

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । सरकारले बढ्दो एसिड आक्रमणलाइ मध्यनजर गर्दै यसका विरुद्द नयाँ अध्यादेश ल्याएको छ ।

पछिल्लो समय बढ्दै गएको एसिड आक्रमणका घटनालाइ थप लम्बिन नदिनको लागि सरकारले नयाँ अध्यादेश नै जारी गरि कानुन ल्याउने तयारी गरेको हो ।

सरकारले शुक्रवार ल्याएको नयाँ अध्यादेश अनुसार अबदेखि खुल्ला रुपमा तेजाव वा एसिड विक्रीमा पूर्ण रोक लगाइएको छ । अबदेखि कुनै पनि पेय पदार्थसंग मिल्दो बोतल वा भाँडामा राखेर एसिड बेच्न पाइने छैन यसका लागि बेग्लै किसिमको बोतल प्रयोग गर्न पर्ने र त्यसमा लेवलिङ् पनि हुनुपर्ने नयाँ व्यवस्था गरिएको छ ।

अध्यादेशले एसिडको विक्री वितरण गर्नका लागि अबदेखि हरेक पसलले जिल्ला प्रशासनबाट अनुमति लिनुपर्नेछ भने यसको नविकरण वार्षिक रुपमा गर्नुपर्ने छ । साथै अबदेखि हरेक बोतल एसिडको विक्रीबारे विक्रेताले विवरण लगबुकमा इन्ट्री गर्नुपर्ने छ भने खरिदकर्ताले परिचयपत्र र फोन नम्बर दिनुपर्नेछ भने खरिदको उदेश्य समेत खुलाउनुपर्नेछ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्वन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेर नयाँ प्रावधान ल्याएको हो । यसको कार्यान्वनको लागि राष्ट्रपतिबाट पास हुन भने बाँकी छ। राष्ट्रपतिबाट अध्यादेश पास भएसँगै कानुनको रुपमा आउने छ ।

यस्ता छन् अध्यादेशका एसिड आक्रमण सम्बन्धि प्रावधानहरु:

दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सन्ने शक्ति पूर्णरुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तफ कसूर गर्ने वा गराउने व्यक्तिलाई वीस वर्ष कैद र दशलाख जरिवाना हुने व्यवस्था कायम गरिएको छ।

एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलागने भएमा १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखस्म्म जरिवाना गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ।

यस्तै शरीरको कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।

एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणाम स्वरुप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ।

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मान्ने गरि नयाँ कानुन बनेको छ। यस्तो अवस्थामा  १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने छ।

जरिवाना वापत प्राप्त रकम पीडितले पाउने व्यवस्था अध्यादेशमा गरिएको छ।

अध्यादेशले औषधोपचारको व्यवस्थासमेत गरेको छ। कसूरमा अभियुक्त पत्ता नलागेको वा अन्य कुनै कारणले अदालतमा मुद्दा दायर हुन नसकेमा पीडितलाई अस्पतालमा भर्नाभई औषधोपचार गर्दा लागेको बिल कमोजिमको रकम सम्वन्धित अनुसन्धान गर्ने अधिकारी र सम्वन्धित सरकारी वकिलको सिफारिसमा कोषबाट अस्पताललाई उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

अध्यादेशको पूर्णपाठ:

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.