Nepal's Trusted Health Online Portal

३९ भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

Get real time updates directly on you device, subscribe now.

९ असोज, काठमाडौं । शुक्रबार देशभर ३९ जना भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ११ जना, प्रदेश नं २ मा १९ जना, बागमती प्रदेशमा १३५ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ३९ जना र कर्णाली प्रदेशमा १७ जना आई.सी.यु.मा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा ३ जना, बागमती प्रदेशमा ३४ र प्रदेश नं ५ मा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा शुक्रबार १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ४ सय ५५ जना उपचारपछि निको भएका छन् भने ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.