९ असोज, काठमाडौँ । नेपालमा शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ६० वर्षीय महिला तथा ५५ वर्षीय पुरुष, काठमाडौँमा ७५ वर्षीय महिला र कपिलवस्तुमा ७० वर्षीय महिलाको मृत्यु भएको छ ।
त्यस्तै सप्तरीमा ७० वर्षीय पुरुष र ललितपुरमा ५१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४५९ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।