Nepal's Trusted Health Online Portal

उपत्यकामा शुक्रबार ६४५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

Get real time updates directly on you device, subscribe now.

९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७५ पुगेको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा एक/एक जना पुरुष र महिलाको मृत्यु भएको छ भने देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ४ सय ५५ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.