९ असोज, काठमाडौँ । नेपालमा शुक्रबार १ हजार १ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २ सय ६२ नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । जसमध्ये ५१ हजार ८ सय ६६ जना निको भइसकेका छन् । अब नेपालमा १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५५ जना संक्रमितहरु उपचारपछि कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.४ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ८ हजार २ सय ३७ जना संस्थागत आइसोलेसनमा र १० हजार ५२ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ४ सय ६४ जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर शुक्रबार २२७ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३९ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ७ जिल्ला संक्रमण मुक्त छन् ।