१२ असोज, काठमाडौँ । नेपालमा सोमबार १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८० नमुना परीक्षण गरिएको छ ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ७४ हजार ७ सय ४५ पुगेको छ । जसमध्ये ५४ हजार ६ सय ४० जना निको भइसकेका छन् । अब नेपालमा १९ हजार ६ सय २४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७ सय ४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ७३.१ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ८ हजार ६ सय ९५ जना संस्थागत आइसोलेसनमा र १० हजार ९ सय २९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ३ सय १० जना क्वारेन्टिनमा रहेका छन् ।
नेपालभर सोमबार २२५ जना कोरोना संक्रमितहरु आई.सी.यु.मा उपचाररत छन् भने ३१ जना भेन्टिलेटरमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला गरी ५ जिल्ला संक्रमण मुक्त छन् ।