१२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६४९, ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २२ हजार ४ सय २५ पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा १ जना महिलाको मृत्यु भएको छ भने देशभर ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ सय ४२ जना संक्रमित निको भएका छन् ।