१२ असोज, काठमाडौं । सोमबार देशभर २५६ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३१ जना भेन्टिलेटर र २२५ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा १५ जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा १२१ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४४ जना र कर्णाली प्रदेशमा १९ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा ३ जना, बागमती प्रदेशमा २६ जना र प्रदेश नं ५ मा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा सोमबार १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ सय ४२ जना संक्रमण मुक्त भएका छन् भने ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।