Nepal's Trusted Health Online Portal

पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु

मृतक संख्या ४८१ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१२ असोज, काठमाडौँ । नेपालमा सोमबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र २ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३८ वर्षीय महिला , भक्तपुरमा ५१ वर्षीय महिला, बाँकेमा ४७ वर्षीय पुरुष र गुल्मीमा ३४ वर्षीय पुरुषको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८१ पुगेको छ । संक्रमितमध्ये ०.६५ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी १ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ७ सय ४२ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.