Nepal's Trusted Health Online Portal

आइतबार उपत्यकामा १,५९९ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ३७३, ललितपुरमा १८७ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय १७ पुगेको छ ।

गत २४ घण्टा भित्र उपत्यकामा २ जनाको मृत्यु भएको छ भने देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ३ सय २९ जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.