१८ असोज, काठमाडौँ । नेपालमा आइतबार ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ३ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण चितवनमा ५५ वर्षीय महिला, काठमाडौँमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष, मकवानपुरमा ५ दिनको शिशु, बाँकेमा २५ वर्षीय महिला र ६० वर्षीय पुरुष, कन्चनपुरमा २९ वर्षीय महिलाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । संक्रमितमध्ये ०.६२ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ३ सय २९ जना संक्रमित निको भएका छन् ।