Nepal's Trusted Health Online Portal

२४ घण्टा यता १४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६१४

Get real time updates directly on you device, subscribe now.

२४ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट २ महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ४५ वर्षीय पुरुष, मोरङमा २० र ७२ वर्षीय पुरुष, सर्लाहीमा ७१ वर्षीय पुरुष, काठमाडौँमा ६८ वर्षीय महिला तथा ४८ र ९० वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै ललितपुरमा ४३ र ४९ वर्षीय पुरुष, भक्तपुरमा ६८ वर्षीय पुरुष, मकवानपुरमा ७७ वर्षीय पुरुष, धादिङमा ३१ वर्षीय महिला, नवलपरासीपूर्वमा ३६ वर्षीय पुरुष र रुपन्देहीमा ५७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको छ । संक्रमितमध्ये ०.५८ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ जुन हालसम्मकै सबैभन्दा धेरै हो । त्यस्तै २४ घण्टा यता १ हजार २ सय २९ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.