Nepal's Trusted Health Online Portal

३९८ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा

Get real time updates directly on you device, subscribe now.

  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

२४ असोज । शनिबार देशभर ३९८ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७७ जना भेन्टिलेटर र ३२१ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३० जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा १९६ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ५१ ज्ना, कर्णाली प्रदेशमा १७ जना र सुदुरपश्चिम प्रदेशमा १ जना आई.सी.यु.मा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा ११ जना, प्रदेश नं २ मा २ जना, बागमती प्रदेशमा ५७ जना र प्रदेश नं ५ मा ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा शनिबार एकैदिन ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार २ सय २९ जना संक्रमण मुक्त भएका छन् भने १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

 

 

(स्वास्थ्यसम्बन्धी सूचना तथा समाचार  swasthyapost@gmail.com मा पठाउनुहोस्)


  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.