२४ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा हालसम्मै उच्च हो । यसअघि बिहीबार २,५४० जनामा कोरोना देखिएको थियो ।
उपत्यकाका ३ जिल्लामध्ये शनिबार काठमाडौँमा २ हजार १००, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४० हजार ४ सय ७० पुगेको छ ।
गत २४ घण्टा भित्र उपत्यकामा ६ जनाको मृत्यु भएको छ भने देशभर १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मै सबैभन्दा धेरै हो । त्यस्तै १ हजार २ सय २९ जना संक्रमित निको भएका छन् ।