२६ असोज । सोमबार देशभर ३४६ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ६७ जना भेन्टिलेटर र २७९ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३० जना, प्रदेश नं २ मा २० जना, बागमती प्रदेशमा १५५ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश नं ५ मा ४७ जना, कर्णाली प्रदेशमा १९ जना र सुदुरपश्चिम प्रदेशमा २ जना आई.सी.यु.मा उपचारत छन् ।
त्यस्तै प्रदेश नं १ मा १५ जना, बागमती प्रदेशमा ४६ जना र प्रदेश नं ५ मा ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा सोमबार ४ हजार ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै १ हजार ४ सय ७३ जना संक्रमण मुक्त भएका छन् भने ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।