२८ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४७ हजार ७०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी २ हजार ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार १ सय ७४ जना संक्रमित निको भएका छन् ।