३० असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ४ सय २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५२ हजार ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ५ सय २२ जना संक्रमित निको भएका छन् ।