३० असोज, काठमाडौँ । नेपालमा शुक्रबार ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ४ सय २ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५ सय ३१ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख २६ हजार १ सय ३७ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ८८ हजार ४० जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।