३० असाेज । गुल्मीको नयाँगाउँ र आसपासका जनतालाई सेवा पुर्याउने उद्देश्यले नयाँगाउँ एम्बुलेन्स सेवा ट्रस्ट गुल्मीले निशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ।
गुल्मी नयाँगाउँमा जन्मिएर देश तथा विदेशमा रहेका चन्दादाताहरु र स्थानीय जनताको सहयोगमा संकलन गरिएको रकमबाट खरिद गरिएको एम्बुलेन्स नयाँगाउँ स्वास्थ्यचौकी गुल्मीलाई हस्तान्तरण गरिएको संस्थाका संस्थापक महासचिव तथा सामाजिक अभियन्ता प्रकाश पोख्रेलले बताए ।
सँस्थाको नाममा रहेको लु १ च ९२६२ नम्बरको एम्बुलेन्स नयाँगाउँ स्वास्थ्य चौकीको नाममा नामसारी गराई महासचिव पोख्रेलले एम्बुलेन्सको साँचो र बीलबुक स्वास्थ्य चौकीका कर्मचारी प्रतिनिधीलाई यातायात कार्यालय, बुटवल परिसरमा आजै हस्तान्तरण गरेका हुन् ।
संस्थापक टिमको अथक प्रयासकाे परिणाम स्वरूप खरिद गरिएको एम्बुलेन्स स्थानीय जनतालाई प्रभावकारी सेवा पुर्याउने गरी नयाँगाउँ स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएकोले प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्ने स्वास्थ्यचौकीका प्रमुख भेष बहादुर बिसिले प्रतिबद्धता व्यक्त गरे ।
ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा पुर्याउने उद्देश्यले राधा मल्लको अध्यक्षतामा सामाजिक अभियन्ता प्रकाश पोख्रेल, जर्नेल भरत मल्ल, मधु क्षेत्री ,नारायण मल्ल, सज्जन पोख्रेल र पार्बती अधिकारीको सकृयतामा संस्थाको स्थापना गरिएको हाे ।