२९ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ९ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४९ हजार ६३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ हजार ५ सय ६४ जना संक्रमित निको भएका छन् ।