Nepal's Trusted Health Online Portal

सोमबार नेपालमा ३ हजार ७९० कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

३ कार्तिक, काठमाडौँ । नेपालमा सोमबार ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ३ सय ८८ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७ सय १४ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ३६ हजार ३६ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ९४ हजार ५ सय १ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ३ सय ३५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.