७ कार्तिक, काठमाडौँ । नेपालमा शुक्रबार ४ हजार ४ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय २० जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ४ सय ८ सय ६३ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४६ हजार ६ सय ९१ जना पुगेको छ ।
नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये १ लाख ५३ हजार ८ जना निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा २ हजार ६ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन् ।