Nepal's Trusted Health Online Portal

३५६ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचार हुँदै

Get real time updates directly on you device, subscribe now.

५ कार्तिक, काठमाडौं । बुधबार देशभर ३५६ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत भइरहेको छ । संक्रमितहरु ८७ जना भेन्टिलेटर र २६९ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ३१ जना, प्रदेश नं २ मा ९ जना, बागमती प्रदेशमा १५२ जना, गण्डकी प्रदेशमा २० जना, लुम्बिनी प्रदेशमा ४७ जना, कर्णाली प्रदेशमा ७ जना र सुदुरपश्चिम प्रदेशमा ३ जना आई.सी.यु.मा उपचारत छन् ।

त्यस्तै प्रदेश नं १ मा १६ जना, प्रदेश नं २ मा १ जना, बागमती प्रदेशमा ५९ जना, गण्डकी प्रदेशमा ४ जना, लुम्बिनी प्रदेशमा ५ जना र सुदुरपश्चिम प्रदेशमा २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ९ सय ९६ जना जना संक्रमित निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.