५ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा ३ हजार १ सय ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३ सय ९१, ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६२ हजार ६७९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरी ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै २ हजार ९ सय ९६ जना संक्रमित निको भएका छन् ।