Nepal's Trusted Health Online Portal

बुधबार नेपालमा ५ हजार ७४३ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

५ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ३ हजार १ सय ७ जना काठमाडौँ उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ नमुना परीक्षण गरिएको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ जना पुगेको छ ।

नेपालमा हालसम्म १ लाख ३९ हजार १ सय २९ जना कोरोना भाइरसबाट संक्रमित बनिसकेका छन् । जसमध्ये ९९ हजार ६ सय ५ जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.